
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं प्लाजाको भवन पुन: एक हप्ताभित्र खाली गर्न सूचना प्रकाशन भएको छ । नेपाल ट्रष्टको कार्यालयले आज एक सूचना जारी गर्दै कन्सेप्ट डेभलपर्स प्रालिलाई काठमाडौं प्लाजाको भवन ७ दिनभित्र भवन खाली गरी हस्तान्तरण गर्न भनेको हो ।
सो प्लाजाको जग्गा भाडामा दिने कार्य तत्कालीन राजदरबारले गरेको थियो। जससंगै उक्त जग्गा कन्सेप्ट डेभलपर्सलाई दिने गरी २०५० असार ३ गते सम्झौता भएको थियो । तरपछि राजा वीरेन्द्र र रानी ऐश्वर्याको निधनपछि सो जग्गा नेपाल ट्रष्टमा ल्याउने काम भएको थियो ।
जसअनुसार २०६६ पुस २३ गते पुनः लिज सम्झौता नवीकरण गर्दै २०६७ असार ३ गतेदेखि २०७२ असार ३ गतेसम्मको वार्षिक भाडा ६१ लाख र यसपछि सुम्झौता अवधि रहने समय २०७७ असार ३ गतेसम्मको वार्षिक भाडा ७५ लाख तोकिएको थियो। उक्त सम्झौता अवधि असार २ गतेबाट सकिएको भएतापनि कन्सेप्ट डेभलपर्सले भने खाली गर्न आनाकानी गरिरहेको छ । ट्रष्टको कार्यालयले जारी गरेको यस पटकको सुचनामा भने ७ दिनभित्रै भवन खाली नगरे कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्