
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तार लगायतका कामलाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ । उपत्यका लगायत देशका विभिन्न ठाउँमा हुने ट्राफिक जामलाई काम गर्न गुणस्तरिय सडक निर्माण, कालोपत्रे गर्ने र सडक सञ्जाल विस्तारलाई सरकारले प्रथमिकताका साथ अगाडी बढाउने बताउनुभयो ।
गृहमन्त्रालयमा भएको एक कार्यक्रममा मन्त्री थापाले ट्राफिक व्यवस्थापनका लागि सरकारले ऐन निर्माणको कामलाई पनि तदारुकताका साथ अगाडी बढाउने बताउनुभयो । आगामी वर्षबाट ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाउने कुरालाई पनि सरकारले ध्यान दिने उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले ट्राफिक नियम थाहा भएर पनि पालना नगर्नेहरुका लागि कडा कानूनको आवश्यकता रहेको बताउनुभयो । ट्राफिक नियम जानि जानि उलंघन गर्नेहरुमाथि हुने जरिवाना रकम बढाउनुपर्ने उल्लेख गर्दै उहाँले लाइसेन्स वितरणमा पनि कडाई गर्नुपर्ने बताउनुभयो । लाइसेन्स वितरण गर्दा थारै लापरवाही भएपनि सवारीहरु सडकमा हतियारको रुपमा प्रयोग हुन सक्ने चेतावनी उहाँले दिनुभयो ।
गृहमन्त्रालयमा भएको एक कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकालले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धि एकीकृत कार्ययोजना २०७७ प्रस्तुत गर्नुभएको थियो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्