Skip to content
LAXMI SUNRISE BANK

काठमाडौं उपत्यकामा थपिए १४६८ जना कोरोना संक्रमित

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । आज काठमाडौं उपत्यका थप एक हजार ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।  
जसमा ६ सय ४९ जना महिला छन् भने बाँकी ८ सय १९ जना पुरूष हुन् । मन्त्रालयका अनुसार काठमाडौंमा १०८३०, भक्तपुरमा १७३० र ललितपुरमा २१९६ जना होम आइसोलेसनमा बसेका छन् । काठमाडौंमा १५८६३ र ललितपुरमा २२६४ जना सक्रिय संक्रमित छन्। अहिलेसम्म काठमाडौंमा २४९, भक्तपुरमा ६८ र ललितपुरमा ६३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK