×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार बढ्यो बजार, ५.४० अंकले बढेको नेप्से १६४३.०३ बिन्दुमा, कारोबार २ अर्व २३ करोडमाथि

LAXMI SUNRISE BANK

मंगलबार बढ्यो बजार, ५.४० अंकले बढेको नेप्से १६४३.०३ बिन्दुमा, कारोबार २ अर्व २३ करोडमाथि

१८ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ । सोमबारको तुलनामा ५.४० अंकले बढेर १६४३.०३ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९८ कम्पनीको ७७ लाख ५७ हजार ३५३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व २३ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको कुल १० करोड ३ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : एनआईसी एशिया बैंक र प्राइम बैंकको कारोबार भएको छ ।
यता सोमबारको कारोबारमा बैंकिङ्ग, विकास बैंकउपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै बिसाल बजार र समिट लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै महालक्ष्मी विकास बैंक र दिब्यश्वोरी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी