Skip to content
LAXMI SUNRISE BANK

घट्यो पेट्रोलियम पदार्थको आयात !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । पेट्रोलियम पदार्थको आयात घटेको छ । कोरोनाका कारण आर्थिक गतिविधि शुक्य सरह हुँदा पेट्रोलियम पदार्थको खपत तथा आयात घटेको हो । भन्सार विभागको तथ्यांकअनुसारखाना पकाउने ग्याँस, पेट्रोल तथा डिजेलको आयात घटेको छ । 
गत साउनदेखि असोजसम्म खाना पकाउने ग्यास १० करोड ८४ लाख किलो आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा भने ग्याँसको आयात ११ करोड २३ किलो आयात भएको थियो। यो वर्षको तीन महिनामा १ लाख २२ हजार ३०८ किलोलिटर पेट्रोल आयात भएको छ। यस्तै १ लाख ९१ हजार किलोलिटर डिजेल आयात भएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK