×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देशभरका उपभोक्ताले सहुलियत पसलबाट ४८ सय क्विन्टल बढी खाद्यान्य सामग्री उपभोग गरे !

LAXMI SUNRISE BANK

देशभरका उपभोक्ताले सहुलियत पसलबाट ४८ सय क्विन्टल बढी खाद्यान्य सामग्री उपभोग गरे !

१८ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । दशैंतिहारलाई लक्षित गरी संचालनमा आएका सहुलियत पसलबाट झन्डै ४८ सय क्विन्टल बढी खाद्यान्य सामग्री बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंतिहारलाई लक्षित गरी देशभरका विभिन्न स्थानमा सुपथ मूल्य संचालनमा ल्याएमा ४८ सय क्विन्टल बढी खाद्यान्य सामग्री बिक्री भएको हो । 
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार गत असोज १५ बाट सञ्चालनमा आएको सहुलियत पसलबाट हालसम्ममा ४ हजार ८ सय ४८ क्विन्टल खाद्य वस्तु बिक्री भएको हो । खाद्यले उपत्यकामा ५ स्थानमा र उपत्यका बाहिर २४ स्थानमा सहुलियत बजार सञ्चालनमा ल्याएको थियो । खाद्यले अहिलेसम्ममा उपत्यका बाहिर बिक्री गरेको चामलको मात्रै तथ्याङ्क समावेश गरेको छ । 
कम्पनीले विभिन्न खाद्य सामानमा बजार मूल्यभन्दा करिब ५ देखि १० रुपैयाँ कम मूल्यमा खाद्य सामान बिक्री गर्दै आएका छन् । सहुलियत पसलले विभिन्न खाद्य सामानमा छुट दिई हालसम्म करिब ३६ लाख ५८ हजार ग्राहकलाई छुट दिएको कम्पनीकी सुचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले जानकारी दीईन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी