×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सडकदेखि सदनसम्म सहकारीको चर्चा, अर्बौं कुम्ल्याएर इमेज र शिव शिखरका सञ्चालक भागे, बचतकर्ताको बिचल्ली !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सडकदेखि सदनसम्म सहकारीको चर्चा, अर्बौं कुम्ल्याएर इमेज र शिव शिखरका सञ्चालक भागे, बचतकर्ताको बिचल्ली !

Artha Sarokar

१५ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सहकारीले बचत रकमको हिनामिना गरेको विषय गण्डकी प्रदेशसभामा प्रवेश गरेको छ । गण्डकी प्रदेशसभा सदस्यद्वय कृष्ण पाठक र डिल्लीराम सुवेदीले इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण गराउन गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदेशसभाको आइतबार बसेको बैठकको विशेष समय लिएर सदस्य पाठकले बेपत्ता भएका सञ्चालकको चल-अचल सम्पत्ति बेचबिखन गरी बचतकर्ताको रकम फिर्ता गर्न माग गरे । प्रदेशसभा सदस्य  सुवेदीले एक हजार दुई सय बचतकर्ता अहिले बिचल्लिमा परेको बताएका छन् ।
दुवै सहकारीका सञ्चालक बेपत्ता भएको र बचतकर्ता यतिबेला आफ्नो रकम जोखिममा परेका कारण सङ्कटमा रहेको जनाउँदै उहाँले गण्डकी प्रदेश सरकारले यस्ता विषयमा तत्काल कदम चाल्नुपर्नेमा प्रदेश सभा सदस्यले जोड दिएका छन् ।
बागलुङ र पोखरामा गरी इमेज सहकारीले रु एक अर्ब ९९ करोड र शिव शिखरले ४५ करोड जोखिममा पारेको जनाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी