×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेटमा पूँजी बजारका कुराः विद्यमान कानुन संशोधन गरिने, गैर आवसीय नेपालीलाई लगानी खुला गर्न व्यवस्था मिलाइने

PRIME CA

बजेटमा पूँजी बजारका कुराः विद्यमान कानुन संशोधन गरिने, गैर आवसीय नेपालीलाई लगानी खुला गर्न व्यवस्था मिलाइने

१५ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयानुकूल संशोधन गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले पुँजी बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयानुकूल संशोधन गरी धितोपत्र औजारहरूको विस्तार र विविधिकरण गरिने बताएका हुन् ।

अर्थमन्त्री महतले पूँजी वजारलाई पारदर्शी र प्रतिस्पर्धी बनाई लगानीकर्ताको हीत सुनिश्चित गर्दै पुँजी बजारमा संस्थागत लगानीकर्तालाई प्रोत्साहित गरिने र गैर आवासीय नेपालीलाई धितोपत्र बजारमा सूचीकृत भएका जलविद्युत र अन्य वास्तविक क्षेत्रका कम्पनीमा लगानी गर्न खुला गर्ने व्यवस्था मिलाइने बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: