×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लाइफ इन्स्योरेन्सको ५.२५% बोनस सेयर सुरक्षित गर्न कहिलेसम्म बन्ने सेयरधनी ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गुराँस लाइफ इन्स्योरेन्सको ५.२५% बोनस सेयर सुरक्षित गर्न कहिलेसम्म बन्ने सेयरधनी ?

Artha Sarokar

१७ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको ५.२५ प्रतिशत बोनस सेयर सुरक्षित गर्न ३ दिन मात्र समय बाँकी रहेको छ । कम्पनीले मंसिर ४ गते वार्षिक साधारण सभा डाकेको छ । सभा र लाभांश प्रयोजनको लागि कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस अनुसार कात्तिक १९ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश प्राप्त गर्ने भएको छ । 
यस्तै, कम्पनीको वार्षिक साधारणसभा कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तीनकुने, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुने भएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट प्रस्ताव पेश गर्ने भएको छ । साथै, सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ५ जना र सर्वसाधारण सेयरधनीहबाट प्रतिनिधित्व गर्ने १ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी