×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सरकारले ल्याएको नीति परिवर्तन भएन भने बजार ध्वस्त हुन्छ, भएको सेयर पनि बेच्न नसक्ने अवस्था आउँछ’ : नयन बास्तोला 

PRIME CA

‘सरकारले ल्याएको नीति परिवर्तन भएन भने बजार ध्वस्त हुन्छ, भएको सेयर पनि बेच्न नसक्ने अवस्था आउँछ’ : नयन बास्तोला 

१९ जेष्ठ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सेयर लगानीकर्ताका नेता नयन बास्तोलाले सरकारले ल्याएको नीति परिवर्तन हुनैपर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित लगानीकर्ताको प्रदर्शनका क्रममा अर्थ सरोकारसँग बोल्दै उनले सरकारले ल्याएको नीति परिवर्तन नभएको खण्डमा बजार ध्वस्त हुन सक्ने भन्दै यसतर्फ सम्बन्धित सबैले ख्याल गर्नुपर्ने बताएका छन् ।
‘सरकारले ल्याएको नीति परिवर्तन भएन भने बजार ध्वस्त हुन्छ, भएको सेयर पनि बेच्न नसक्ने अवस्था आउँछ’ बास्तोलाले भनेका छन्, ‘लगानीकर्ताको हितका लागि कुनै पनि हालतमा यो नीति परिवर्तन हुनुपर्छ ।’
उनले अहिलेको आर्थिक विधेयकले गरेको व्यवस्थाले समग्र सेयर बजारलाई सार्है ठुलो हानी गर्ने र यसले बजारमा ठुलो नकारात्मक असर गर्नेसमेत बताएका छन् । अहिले लगानीकर्तालाई लदाउन खोजिएको नयाँ कर नीतिले बजारबाटै लगानीकर्ता पलायन हुने स्थिति आउनेसमेत उनको भनाई छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: