×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लगानीकर्ताका माग पूरा नभएसम्म आन्दोलन रोक्दैनौं, सबै ब्रोकरका टिएमएस एक-एकगरी बन्द गराउँछौँ’ : काका

PRIME CA

‘लगानीकर्ताका माग पूरा नभएसम्म आन्दोलन रोक्दैनौं, सबै ब्रोकरका टिएमएस एक-एकगरी बन्द गराउँछौँ’ : काका

१९ जेष्ठ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । लगानीकर्ता केशब कोइराला (काका)ले सेयर लगानीकर्ताका माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । शुक्रबार माइतीघरमा आयोजित प्रदर्शनका क्रममा अर्थ सरोकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । आर्थिक विधेयकमार्फत सरकारले सेयर बजारविरोधी कर नीति ल्याएको भन्दै उनले यसको विरोधमा आफुहरु निरन्तर आन्दोलनमा रहने र आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनको भनाई छ ।
साथै उनले सेयर लगानीकर्ताका माग पूरा नभएसम्म सबै ब्रोकरका टिएमएससमेत बन्द गरिने बताएका छन् । ‘हाम्रा माग पूरा नभएसम्म सबै ब्रोकरका टिएमएस एक एक गरी बन्द गराउँछौँ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘अहिलेको नीति कुनै पनि हालतमा हामी लगानीकर्तालाई मान्य हुने छैन ।’
बिहीबारमात्र काकासहितको टोलीले विभिनन ब्रोकर हाउसमा पुगी टिएमएस बन्द गराउन माग गरेको थियो । उनले आइतबारबाट थप शशक्त रुपमा आन्दोलन अघि बढ्नेसमेत बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: