×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लगानीकर्ताको संघर्ष सफल भयो, सरकार हार्यो, हामीले जित्यौँ’

PRIME CA

‘लगानीकर्ताको संघर्ष सफल भयो, सरकार हार्यो, हामीले जित्यौँ’

२१ जेष्ठ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सेयर लगानीकर्ता रोहन कार्कीले सेयर लगानीकर्ताको संघर्ष सफल भएको बताएका छन् । अर्थमन्त्रालयमा भएको वार्ताबाट लगानीकर्ताको माग सम्बोधन भएसँगै उनले लगानीकर्ताको जित भएको प्रतिक्रिया दिएका छन् ।

‘लगानीकर्ताले संघर्ष गरेप्रश्चात आज अर्थ मन्त्रालयले माग सम्बोधन गरेको छ । अब अन्तिम कर भनेकै ५ र ७.५ प्रतिशत रहने भएको छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै कार्कीले भने, ‘हाम्रा खास माग पूरा भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएका छन् । यो लडाईमा हामीले जितेका छौँ ।’

अर्थमन्त्रालयमा भएको वार्तामा सरकारले आर्थिक विधेयकमार्फत ल्याएको नयाँ कर नीति खारेज गर्दै पुरानै नीति कार्यान्वयन गर्ने सहमति गरेको छ । योसँगै पछिल्लो तीन दिनदेखि आन्दोलनरत सेयर लगानीकर्ताहरुमा उत्साह देखिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: