×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रतिबन्ध खुकुलो भएसँगै आउन थाले विदेशी पर्यटक, ७ दिन होटेल क्वारेन्टाइनमा बस्नुपर्ने

LAXMI SUNRISE BANK

प्रतिबन्ध खुकुलो भएसँगै आउन थाले विदेशी पर्यटक, ७ दिन होटेल क्वारेन्टाइनमा बस्नुपर्ने

१७ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा विदेशबाट पर्यटक आउन क्रम बढेको छ । सरकारले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध खुकुलो बनाएसँगै नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको हो । सरकारले अक्टोवर १७ पछि पर्यटन विभाग र ट्राभल व्यवसायीको सिफारिसमा अनअराइभल भिसाको अनुमति दिएसँगै विदेशी पर्यटक आवागमनले गति लिएको पर्यटन व्यवसायी राजेन्द्र सापकोटा बताए । पर्यटकले ५ लाख डलरको कोरोना बीमा गरी नेपालमा पदयात्रा वा पर्वतारोहण गर्ने दिनको तालिका, पर्वतारोहण तथा पदयात्रा गर्न पाउने अनुमतिसहित प्रस्तावमा मागेमा अनअराइभल भिसा उपलब्ध गराउन थालेको हो । नेपाल आइसकेपछि भने सबै विदेशी नागरिक ७ दिन होटेल क्वारेन्टिनमा बस्नुपर्छ ।
अध्यागमन विभागका अनुसार साउन २०७७ मा कुल १३७ जना विदेशी नेपाल आएका थिए । उक्त महिनामा २२ हजार ९ सय ३२ जना नेपाली घर फर्किएका थिए । भदौ महिनामो विदेशीको आगमन बढेर ४ सय ११ पुग्यो । यो महिनामा नेपालीको आगमन भने १५ हजार ८ सय २२ थियो । असोज महिनामा विदेशी पर्यटकको आगमन ११९१ पुगेको छ । यो संख्या चैतयताकै सबैभन्दा बढी हो । असोजमा नेपालीको आगमन भने ४६ हजार ४८ जना थियो । कात्तिक महिनामा विदेशी पर्यटकको आगमन अझ बढ्ने अपेक्षा व्यवसायीले गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी