काठमाडौं । भारत भ्रमणबाट १५ वटा मुर्रा राँगो ल्याएको विषयमा चर्को आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधिसभाको बैठकमा प्रष्टिकरण दिएका छन् ।
भारत सरकारले १५ वटा मुराँ राँगो दिएको विषयमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यो सहमति ७ वर्ष अघिको भएको बताएका हुन् । ‘यो भैंसीको कुरा अहिले भएको होइन, यो आजभन्दा ७ वर्ष अगाडि नै मुर्रा भैंसी ल्याउनेबारे समझदारी भएको रहेछ, आएको मात्रै अहिले हो ।’, उनले भने, ‘अहिले मान्छेले मलाई भैंसी चढाएर हिँडेका छन् ।