
- अर्थ सरोकार सम्बाददाता
दार्चुलामा ६० हजार नगदसहित १४ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको नौगाड गाउँपालिकाको वडा नम्बर ३ खार गाउँबाट ६० हजार ४ सय नगद सहित १४ जना जुवाडेलाई पक्राउ गरिएको दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।
दल्लेख प्रहरी चौकीका प्रहरी नायब निरीक्षक केशबदत्त पन्तको नेतृत्वमा खटिएको टोलीले शनिबार राती जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
पक्राउ पर्नेमा नौगाड गाउँपालिका वडा नम्बर ३ का रमेशसिह ठगुन्ना, रायसिह ठगुन्ना, रामसिह ठगुन्ना, बसन्त ठगुन्ना, मनबिर ठगुन्ना, नन्तु ठगुन्ना, दानसिह धामी, मानसिह ठगुन्ना, करनसिह ठगुन्ना, जगतसिह ठगुन्ना, देबसिह ठगुन्ना, मानबहादुर ठगुन्ना, पदम सिह धामी र तेजसिह ठगुन्ना रहेका छन् । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्