×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनलाइन जुवा खेलाएको आरोपमा ‘राजु मास्टर’ पक्राउ

PRIME CA
GLOBAL IME BANK

अनलाइन जुवा खेलाएको आरोपमा ‘राजु मास्टर’ पक्राउ

३२ जेष्ठ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा राजु पौडेल (राजु मास्टर) पक्राउ परेका छन् । बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रतिबन्धित ‘वान एक्स बेट’मार्फत सट्टेबाजी गरेको गराएको आरोपमा राजु मास्टरलाई पक्राउ गरेको हो ।

राजु मास्टरसँगै प्रहरीले ‘बल्छी धुव्रे’ भनेर चिनिने मरिचमान श्रेष्ठलाई पनि पक्राउ गरेको छ । ‘बल्छी ध्रुवे’लाई नेपालमा प्रतिबन्ध रहेको ‘वान एक्स बेट’मार्फत सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा पक्राउ गरिएको हो । यसैक्रममा प्रहरीले बिहीबार राजु मास्टर र बल्छी धुव्रेसहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेपछि मात्रै पक्राउ परेकालाई सार्वजनिक गर्ने तयारी गरिएको छ ।

उनीहरुविरुद्ध युट्युबमार्फत ‘वान एक्स बेट’को विज्ञापन गरेको आरोप लागेको छ । युट्युबमा पनि उनीहरुले प्रोमो कोड प्रयोग गरी छुट पाउन सकिन्छ भन्दै विज्ञापन गरेको देखिन्छ । बुधबार मात्रै प्रहरीले ‘वान एक्स बेट’मार्फत सट्टेबाजी गर्ने पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरिएको थियो । उनीहरुले ६३ वटा विभिन्न खाता खोलेर ६४ करोडको कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: