×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल फाइनान्सको १२५ प्रतिशत हकप्रद सेयर मंसिर ४ गतेदेखि आउँदै, फारम भर्न कहाँ जाने ?

LAXMI SUNRISE BANK

नेपाल फाइनान्सको १२५ प्रतिशत हकप्रद सेयर मंसिर ४ गतेदेखि आउँदै, फारम भर्न कहाँ जाने ?

१६ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपाल फाइनान्सको १२५ प्रतिशत हकप्रद सेयर आउने भएको छ । कम्पनीले १ः१.२५ अनुपातमा १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीको यस हकप्रद सेयरमा मंसिर ४ गतेदेखि मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ ।
यस हकप्रद सेयरमा बिक्री प्रवन्धकको काम प्रभु क्यापिटल गर्ने भएको छ । यसमा प्रभु क्यापिटल कमलादी काठमाडौं तथा नेपाल फाइनान्सको केन्द्रीय कार्यालय, कमलादी काठमाडौं र अन्य शाखा कार्यालयबाट आवेदन सकिनेछ । त्यसैगरी, सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १३ करोड ५८ लाख ३१ ह्जार रुपैयाँ रहेको छ । १२५% हकप्रद निष्कासनपछि चुक्ता पुँजी ३० करोड ५५ लाख पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी