
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सानिमा बैंकको १३.६० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले कात्तिक २८ गते वार्षिक साधरण सभा डाकेको छ । बैंकले लाभांश र सभा प्रयोजनको लागि सोमबार (कात्तिक १७ गते) बुक क्लोज गर्ने भएको छ ।
बैंकको उक्त साधारणसभा काठमाडौँको बालुवाटारस्थित अम्रपाली ब्यांक्वेटमा शुक्रबार बिहान ११ बजे सुरु हुने भएको छ । सभामा बैंकले १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, २०७७ साल असार मसान्तको वासलात तथा आर्थिक वर्ष . २०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने भएको छ ।
बैंकले हालको अधिकृत पूँजी ९ अर्बलाई बढाएर १२ अर्ब पुर्याउने, बोनस सेयर वितरणपछि हाल जारी तथा चुक्तापुँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ लार्ई वृद्धि गरी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ पुर्याउने अजेण्डा समेत एजीएममा पेश गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्