×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दाङको घोराहीमा जुवा खालबाट ५ जना पक्राउ, तीन लाख नगद बरामत !

LAXMI SUNRISE BANK

दाङको घोराहीमा जुवा खालबाट ५ जना पक्राउ, तीन लाख नगद बरामत !

१६ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
घोराही। दाङको घोराहीमा जुवा खालबाट ५ जना पक्राउ गरेको छ । घोराही-१८ नवलपुरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले तीन लाख ५० हजार नगद सहित ५ जना जुवारीलाई पक्राउ गरेको हो। 
पक्राउ पर्नेहरुमा घोराही– १० का २६ वर्षीय अनिल कुमार थापा, २७ वर्षीय कमल रावत, २६ वर्षीय केशब डाँगी, घोराही– १५ का २७ वर्षीय बसन्त भण्डारी र २६ वर्षीय धर्म ज्ञवाली रहेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।
पक्राउ परेकालाई जुवा ऐन अनुसार मुद्धा दर्ता गरेर कारबाही हुने प्हरीले जनाएको छ । प्रहरी जुवा नियन्त्रणमा लागि परेको भन्दै एसपी चन्दले जुवातास खेलिरहेको सूचना पाउनेबित्तिकै पक्राउ गर्न प्रहरी तत्पर रहेको जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी