×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना कहरः यो वर्ष भक्तपुरमा नयाँ ईट्टा उत्पादन नहुने

LAXMI SUNRISE BANK

कोरोना कहरः यो वर्ष भक्तपुरमा नयाँ ईट्टा उत्पादन नहुने

१६ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर । भक्तपुरमा यस वर्ष नयाँ ईट्टा उत्पादन नहुने भएको छ । कोरोना संक्रमणको त्रासले गर्दा यो वर्ष कामदार ल्याउन समस्या भएको हुनाले यस वर्ष ईटा भक्तपुरका ईटा व्यवसायीहरुले ईट्टा उत्पादन नगर्ने भएका हुन् । 
‘स्थानीय सरकार र व्यवसायीहरुको भावनालाई मध्यनजर गर्दै यो वर्ष उद्योग सञ्चालन नगर्ने छलफल भयो । तर, बजारमा गतसालको ईट्टा पर्याप्त भएकाले ईट्टाको अभाव हुँदैन र मूल्य पनि बढ्ने छैन।’ भक्तपुर ईट्टा व्यवसायी संघका अध्यक्ष नातीभाई हेम्बाले जानकारी दिए । 
यस वर्ष कोरोनाले गर्दा व्यवसायीले नगरपालिकालाई तिर्दैं आएको स्थानीय कर बापत बुझाउनु पर्ने प्रति भट्टा ७ लाख रुपैयाँ समेत बुझाउन नसक्ने बताएका छन् । ईट्टा उत्पादन नहुने भएपछि एक व्यवसायीलाई करिब ४० लाख रुपैयाँ भन्दा धेरै नोक्सान हुने व्यवसायीहरुको भनाई छ । 
भक्तपुरका ईटा भट्टाहरुमा विशेष गरी सल्यान, रोल्पा, रुकुम, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली, सिराहा, सर्लाहीलगायतका जिल्ला र भारतबाट समेत मजदुरहरु आउने गर्दछन् । व्यवसायीहरुले ईट्टा उत्पादन नगर्ने भएपछि काचोँ ईटा बनाउने, गाडीमा लोड गर्ने, पोल्ने, गाडी चलाउने लगायतका कार्य गर्ने करिब ५० हजार मानिसको रोजगारी गुम्ने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी