- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्सको आइपीओ निष्काशनको प्रस्ताव पारित गर्न आज आइतबार तेस्रो वार्षिक साधारण सभा बस्दैछ । कम्पनीको प्रधान कार्यालय कमलादीमा भर्चुअल माध्यमबाटबिहान ११ बजे सभा बस्ने भएको हो ।
सभामा कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बरारबरको आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ पश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।
यस्तै सभाले आर्थिक वर्ष २०७५/२०७६ लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा, नोक्सान हिसाब तथा हिसाव नगद प्रवाह विवरण स्वीकृत गर्नेछ । अध्यक्षको प्रतिवेदन पेश गर्ने, लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, संचालकहरुको बैठक भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने सामान्य प्रस्ताव पेश हुँदैछन् ।