×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमणबाट बाँके र सुर्खेतमा २ जनाको मृत्यु, कति पुग्यो संक्रमितको संख्या ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोना संक्रमणबाट बाँके र सुर्खेतमा २ जनाको मृत्यु, कति पुग्यो संक्रमितको संख्या ?

Artha Sarokar

१६ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

बाँके । कोरोना भाइरसको संक्रमणबाट बाँके र सुर्खेतमा २ जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा टिकापुर नगरपालिका वडा नं.१ कैलालीका ६० वर्षीय पुरुषको र सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा भेरीगंगा नगरपालिका–१२ सुर्खेतका ३२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कैलालीका पुरुषमा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना देखिएपछि कोभिड वार्डमा सारेर उपचार भइरहेकोमा शनिबार राति १ बजे उनको मृत्यु भएको हो । यस्तै सुर्खेतका पुरुषलाई उपचार गर्न प्रादेशिक अस्पतालमा पुर्याएको एक घण्टामै मृत्यु भएको थियो । ३ दिनअघि पीसीआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको १६ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी