अस्ट्रेलियामा एउटा दुर्लभ मदिराको लिलामी हुँदैछ । स्कटसिस कुरियर पत्रिकाका अनुसार उक्त एक बोतल ह्विस्कीको मूल्य १२ लाख पाउण्ड अर्थात् झण्डै १६ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ । ६० वर्ष पुरानो उक्त म्याकलेन १९२६ ब्राण्डको ह्विस्की लिलामीमा बेचिने करिब दुई हजार बोतलमध्येको एक हो ।
समाचार अनुसार अमेरिकाको कोलोरोडोका एक निजी संग्रहकर्ता मिस्टर गुडिङले पुरानो ह्विस्कीका चार हजार बोतल जम्मा पारेका रहेछन् । उनले आफ्नो उक्त कलेक्सनको लिलामी गरेका हुन् । गत डिसेम्बरमा भएको पहिलो लिलामीमा ५६ देशका १६ सयभन्दा धेरैले बोली लगाएका थिए । त्यसक्रममा दुई हजार ह्विस्कीका बोलतको झण्डै ५० करोड डलर परेको थियो ।