काठमाडौं । पछिल्लो समय बैंकबाट पैसा हराएको घटना एकपछी अर्को हुँदै सार्वजनिक भईरहेका बेला माछापुच्छ्रे बैंकबाट पनि ग्राहकको पैसा गायब भएको पाइएको छ । बैंकको रौतहटस्थित चन्द्रपुर शाखाबाट बृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको गत जेठ ५ गते ९ लाख रुपैयाँ गायब भएको थियो ।
सोहि घटनाको अनुसन्धानका क्रममा अनाधिकृत रुपमा अरुको बैंक खाताबाट पैसा निकाल्ने ७ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । यादवको खातामा रहेको रकम जेठ ५, ६ र ७ गते तीन लाखको दरले गरी ९ लाख रुपैयाँ विभिन्न खातामा ट्रान्सफर भएको देखिएको थियो।
उक्त रकम यादवको खाताबाट ट्रान्सफर गरी एटिएमको प्रयोगले रकम निकालेको अनुसन्धानबाट देखिन आएको रौतहट प्रहरीले जनाएको छ । घटनामा संलग्न ११ जनामध्ये सात जनालाई विभिन्न स्थानबाट पक्राउ गरी नियन्त्रणमा लिइएको र रौतहट जिल्ला अदालतबाट ठगीसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका १६ का २१ वर्षीय राजनारायण चौरसिया, वडा नम्बर १९ का २१ वर्षीय महम्मद मुस्तुफा हवारी, दोलखा जिल्लाको बैदेश्वर गाउँपालिका ५ का २९ वर्षीय सुन्दर खड्का, काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका ९ का १९ वर्षीय महेश थापा, उदपुर जिल्लाको रौउतामाई गाउँपालिका २ का २० वर्षीय केवल रास्ताकोटी तथा सिराहा जिल्लाको मिर्चैया नगरपालिका ८ का १९ वर्षीय दिपे सदा र गोलबजार नगरपालिका ८ का २३ वर्षीय श्रवण दास रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्