काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण नगर्न चेतावनी दिएको छ । सोमबार एक सूचना जारी गर्दै महानगरले सो क्षेत्रमा भवन निर्माण गर्न स्वीकृति नदिने र निर्माण भइरहेका संरचनाको काम समेत रोकिएको जनाएको हो ।
त्यस्तै, सूचना उलङ्घन गरी सो क्षेत्र भित्र भवन निर्माण गरेमा ती संरचना महानगरले भत्काउने र भत्काउँदा लागेको खर्च समेत सम्बन्धित घरधनीबाट असुल उपर गर्ने चेतावनी सूचनामा दिइएको छ ।