Skip to content
LAXMI SUNRISE BANK

सांसदले महामारीका बेला भत्ता लिंदैनौं भनेर फिर्ता गर्दा सरकारी कर्मचारीले दशैं पेस्की बापत पाए आठ अर्ब रुपैयाँ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । केहि समय अगाडी सांसदहरु दशैं भत्ता लिएर भनेर चर्को विरोध भएपछी भत्ता फिर्ता गर्ने लहड नै चल्यो । तर यहि दशैंमा सरकारी कर्मचारीलाई दसैंमा भत्ता वितरण गर्न करिब आठ अर्ब रुपैयाँ खर्च भएको खुलासा भएको छ ।

निजामती र सुरक्षाकर्मीबाहेक शिक्षक, करारका कर्मचारी र पेन्सनधारीलाई पनि सरकारले चाडबाड खर्च शीर्षकमा एक महिनाको अतिरिक्त रकम भुक्तानी दिंदा यस्तो खर्च भएको हो ।

सामान्यतया दशैंमा अतिरिक्त एक महिनाको तलव दिने चलन छ । तर महामारीका बेला बढी भार पर्ने भन्दै सांसदहरुले लिएको भत्ताको चौतर्फी विरोध भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK