×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सञ्चालकबाट दुगडको नाम हटेपछि राष्ट्र बैंकले लक्ष्मी सनराईजलाई एकीकृत कारोबारको अनुमति दियो

PRIME CA

सञ्चालकबाट दुगडको नाम हटेपछि राष्ट्र बैंकले लक्ष्मी सनराईजलाई एकीकृत कारोबारको अनुमति दियो

२२ असार २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । लक्ष्मी बैंक र सनराईज बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै दुवै बैंकले असार २८ गते (बिहीबार)देखि एकीकृत करोबार सुरु गर्ने तयारी गरेका छन् ।

सनराईजका अध्यक्ष मोतिलाल दुगडले लक्ष्मी बैंकबाट करिब ३ अर्ब रुपैयाँ कर्जा लिएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनआुसार सञ्चालक बन्न नपाउने भन्दै राष्ट्र बैंकले यसअघि एकीकृत कारोबारका लागि स्वीकृति दिन आनाकानी गरेको थियो । तर, मर्जरपछि बन्ने नयाँ बैंकको सञ्चालक समितीबाट सनराइजले दुगडको नाम हटाइएपछि राष्ट्र बैंकले एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो ।

नयाँ बन्ने सञ्चालक समितिबाट दुगडको नाम हटाइए पनि उनको ठाउँमा प्रस्ताव भएको नयाँ नाम भने खुलेको छैन । योसँगै नयाँ बन्ने बैंकको सञ्चालकमा लक्ष्मी बैंकका तर्फबाट रमन नेपाल, मनिस थापा र स्वाति रुंगटा रहेका छन् भने सनराइजका तर्फबाट बच्छाराज तातेड र माचन्द्र दुगड रहेका छन् ।

यो संगै अब मर्जर पछि बन्ने नयाँ बैंकको नाम लक्ष्मी सनराईज बैंक लिमिटेड रहने भएको छ ।  मर्जपश्चात् बन्ने नयाँ बैंकमा हाल लक्ष्मी बैंकका सीईओ अजयबहादुर शाह नियुक्त हुनेछन् । मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मीबाट ४ जना र सनराइजबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ ।

दुवै बैंकबीच २०७९ साल पुस २५ गते १ः१ सेयर स्वाप रेसियोमा मर्ज हुने गरी सैद्धान्तिम सहमति भएको थियो । दुवै बैंकको गत असार ३ गते सम्पन्न साधारसभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरिसकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: