×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल वायुसेवा निगम : ‘नेपाल एयरलाइन्समा कार्यरत सबै विदेशी पाइलटलाई ६ महिनाभित्र हटाइने’

LAXMI SUNRISE BANK

नेपाल वायुसेवा निगम : ‘नेपाल एयरलाइन्समा कार्यरत सबै विदेशी पाइलटलाई ६ महिनाभित्र हटाइने’

१३ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल एयरलाइन्समा कार्यरत सबै विदेशी पाइलटहरुलाई हटाइने भएको छ । विदेशी पाइलटहरुलाई ६ महिनाभित्र हटाउने तयारी भइरहेको नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार हाल करार अवधि बाँकी रहेका ६ जना मात्रै विदेशी पाइलट कार्यरत छन् ।
‘नेपाल वायुसेवा निगमका किन विदेशी पाइलट राखिरहेको भनेर धेरै साथीहरुले जिज्ञाशा राख्नु भएको छ । वास्तवमा करिब ३० जनामध्ये अब ६ जना मात्र त्यो पनि हाम्रो स्वार्थका लागि करिब ४० प्रतिशत मात्रै तलबमा राखेका छौं । ६ महिनाभित्र सबै हटाउने तयारी गरेका छौं,’ पौडेलले भने ।
लामो समयदेखि उडान नगरे पनि माटो रकममा तलब दिएर विदेशी पाइलट राखिराखेको भन्दै निगमको आलोचना भएको थियो । सोही अनुसार अब निगममा स्वदेशी पाइलट मात्रै राख्ने योजना अनुरुप काम भइरहेको पौडेलले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी