काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई लाइसेन्स दिएको छ । बोर्डले नयाँ लाइसेन्सका लागि आवेदन दिएका ४३ मध्ये थप ११ ब्रोकर हाउसहरुलाई लाइसेन्स दिएको हो ।
नेपाल धितोपत्र बोर्डको साउन ४ गते बसेको बैठकले मापदण्ड पूरा गरेका थप ११ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।
धितोपत्र बोर्डबाट लाइसेन्स पाउनेहरुमा मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब प्रालि, आकाश भैरव सेक्युरिटी, पाही इन्भेष्टमेन्ट, एसपीएसए सेक्युरिज, एमएमबि सेक्युरिटिज, सानिमा सेक्युरिटिज, स्टकक्स्कार्टस सेक्यु्रिटिज, इन्दिरा सेक्युरिटिज, ब्लु चिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज रहेका छन् ।