×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमणबाट रुपन्देही र पाल्पाका थप २ जना संक्रमितको मृत्यु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोना संक्रमणबाट रुपन्देही र पाल्पाका थप २ जना संक्रमितको मृत्यु

Artha Sarokar

१२ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

बुटवल । रुपन्देही र पाल्पाका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१४ की ७१ वर्षीया महिलाको बुधबार बिहान साढे ११ बजे र पाल्पाको तानसेन नगरपालिका-२ का ६० वर्षीय पुरुषको मंगलबार राति १० बजे मृत्यु भएको हो ।
७१ वर्षीया महिला असोज ६ गते कोरोना संक्रमण पुष्टि भएपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालको भर्ना भएकी थिइन् । आईसीयूमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए । महिला क्यान्सरको दीर्घ रोगी थिइन् ।
तानसेनका पुरुष भने ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि यही कात्तिक ११ मंगलबार लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा भर्ना भएका थिए । उनको पनि उपचारकै क्रममा मंगलबार राति नै मृत्यु भएको थियो । उनको बुधबार मात्रै पीसीआर रिपोर्ट पोजेसटभ आएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी