×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आर्थिक सुव्यवस्थाका लागि अर्थ सरोकारले पुर्याएको योगदान प्रशंसनीय छ, समृद्धिका लागि थप योगदान गर्न सकोस्’ : सञ्चारमन्त्री शर्मा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘आर्थिक सुव्यवस्थाका लागि अर्थ सरोकारले पुर्याएको योगदान प्रशंसनीय छ, समृद्धिका लागि थप योगदान गर्न सकोस्’ : सञ्चारमन्त्री शर्मा

Artha Sarokar

२० श्रावण २०८०, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सञ्चार, तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आर्थिक सुव्यवस्थाका लागि अर्थ सरोकारले पुर्याएको योगदान प्रशंसनीय रहेको बताएकी छिन् । अर्थ सरोकार डटकमको आठौँ बार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिंदै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।
नेपालमा आर्थिक पत्रकारिता महत्वपूर्ण विधा रहेको बताउँदै मन्त्री शर्माले समग्र राज्य प्रणालीको मेरुदण्डको रुपमा रहेको अर्थतन्त्रको बारेमा यथार्थ अध्ययन, अनुसन्धान र विश्लेषणबाट मात्रै आर्थिक समृद्धिको बाटो पहिल्याउन सकिने र आर्थिक उत्पादनमा जोड दिंदै आत्मनिर्भर अर्थतन्त्रको बिकास गर्नु आजको प्राथमिक दायित्व भएकाले यसमा पत्रकारिता क्षेत्रले योगदान गर्न आवश्यक रहेको मन्त्री शर्माको भनाई छ ।
सातौँ बार्षिकोत्सवको अवसरमा अर्थ सरोकारलाई सञ्चारमन्त्रीको शुभकामना:    

शुभकामना

आर्थिक अनलाइन अर्थ सरोकार डटकमको सातौं वार्षिकोत्सवको अवसरमा यसका सञ्चालक, सम्पादकलगायत सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । अर्थ सरोकारले आर्थिक पत्रकारिताको माध्यमबाट मुलुकको आर्थिक सुव्यवस्थाका लागि गरिरहेको योगदानको प्रशंसा गर्न चाहन्छु ।

नेपालमा आर्थिक पत्रकारिता महत्वपूर्ण विधा हो । समग्र राज्य प्रणालीको मेरुदण्डको रुपमा रहेको अर्थतन्त्रको बारेमा यथार्थ अध्ययन, अनुसन्धान र विशेषणमा आर्थिक समृद्धिको बाटो पहिल्याउन सकिने छ । आन्तरिक उत्पादनमा जोड दिँदै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नु आजको प्राथमिक दायित्व हो । यसमा पत्रकारिता क्षेत्रले योगदान गर्नु आवश्यक छ ।

उत्पादनमूलक अर्थतन्त्रलाई जोड दिएर मात्रै बढ्दो व्यापार घाटा कम गर्दै अर्थतन्त्रलाई सन्तुलित र चलायमान बढाउन सकिने छ । नेपालमा अर्थतन्त्रका आधारहरु भनेका कृषि, जलस्रोत, पर्यटन र सूचना प्रविधि हुन् । हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोगमार्फत उत्पादन वृद्धि र सेवा प्रवाहलाई सहज बनाउन नेपाल सरकारले डिजिटल नेपालको अवधारणा अघि सारेको छ । यसको सार्थक कार्यान्वयनका लागि आम सञ्चारका माध्यमहरुको ध्यान जानुपर्दछ ।

अर्थसरोकार डटकमले आर्थिक पत्रकारिता क्षेत्रमा गरिरहेको सकारात्मक कामलाई निरन्तरता दिदै आगामी दिनमा सुशासन र समृद्धिका लागि थप योगदान गर्न सकोस्, वार्षिकोत्सवको अवसरमा शुभेच्छा व्यक्त गर्दछु ।

रेखा शर्मा (मन्त्री)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी