×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्वतमा एउटै पालिकाका १६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पर्वतमा एउटै पालिकाका १६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

Artha Sarokar

५ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पर्वत । पर्वतको एउटै पालिकामा एकैपटक १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिकामा बुधबार एकैपटक ठूलो संख्यामा संक्रमित भेटिएका हुन् । पर्वतमा एकैपटक यति धेरै संख्यामा संक्रमित भेटिएको पहिलोपटक हो ।
जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लमा संक्रमण पुष्टि भएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेकाहरुको ‘पीसीआर’ परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा १४ जना पुरुष र दुई महिलामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १२ देखि ८४ वर्ष उमेरसम्मका रहेका छन् । योसँगै पर्वतमा कोरोना संक्रमितको संख्या १५० पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी