Skip to content
LAXMI SUNRISE BANK

सहकारी नेटवर्किङ खडा गरी १६ अर्ब ठगेर जिबी राई फरार, सूर्यदर्शन सहकारीविरुद्ध जाहेरी दिन प्रहरीको आह्वान

अर्थ सरोकार

काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाविरुद्ध उजुरी दिन प्रहरीले आह्वान गरेको छ । एक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारीविरुद्ध बचतकर्ताहरुलाई उजुरी दिन आह्वान गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ नालाकोमुखमा रहेको सूर्यदर्शन सहकारीका सञ्चालक समितिका पदाधिकारीहरुले बचतकर्ताको रकम फिर्ता नगरेको र सहकारीको ठूलो निक्षेप हिनामिना गरी फरार रहेको भन्दै प्रहरीले अन्य बचतकर्ताहरुलाई पनि उजुरी दिन आह्वान गरेको हो ।

सहकारीमा रकम जम्मा गरेर पनि फिर्ता नपाएका र प्रहरीमा सहकारीविरुद्ध जाहेरी दिन बाँकी रहेका बचतकर्ताहरुलाई सहकारीमा रकम जम्मा गरेको पासबुक, भौचर, स्टेटमेन्ट, मुद्धती प्रमाणपत्र लगायतको प्रमाणसहित नागरिकता वा परिचय खुल्ने कागजात लिएर भदौ १५ गतेभित्र उजुरी दिन जिल्ला प्रहरी कार्यालयले आह्वान गरेको छ ।

उक्त सहकारी संस्था सहकारी नेटवर्किङ खडा गरी बचतकर्ताहरुको १६ अर्बभन्दा बढी बचत दुरुपयोग गर्ने गतेन्द्रबाबु (जीबी) राई र उनको समूहले सञ्चालन गरेको सहकारी हो । केही समयअघि सूर्यदर्शन सहकारीबाट पीडित सयौँ बचतकर्ताहरु न्याय माग्दै काठमाडौं आईपुगेको थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK