×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल गुणस्तर तथा नापतौल विभागद्धारा ८५ उद्योगी व्यवसायीलाई कारबाही

LAXMI SUNRISE BANK

नेपाल गुणस्तर तथा नापतौल विभागद्धारा ८५ उद्योगी व्यवसायीलाई कारबाही

५ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले भदौ र असोजमा बजार अनुगन गरी नापतौल यन्त्रको माध्यमबाट ठगी गर्ने ८५ उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको हो । विभागले २ महिनामा ६ सय ९० वटा उद्योग तथा विभिन्न खालका पसलको अनुगमन गरेको थियो । जसमा ८५ वटा उद्योगको नापतौल यन्त्रमा खराबी फेला पारेको छ। विभागले १ सय ५१ वटा किराना पसल, ३२ वटा होलसेल विक्रेता, ६० वटा उद्योग, ५३ वटा फलफूल-तरकारी पसल, ३८ वटा माछा मासु पसल, १८ वटा ग्यास उद्योग, ९० वटा पेट्रोल पम्प र १ सय ४५ वटा सुनचाँदी पसलको अनुगमन गरेको थियो ।
यसैबीच विभागले ५ वटा फर्मविरुद्ध विभिन्न जिल्ला अदालतमा अभियोग दर्ता गरेको जनाएको छ। जसमा काठमाडौं कार्यालयबाट गोरखकाली ग्यास सेन्टर ढुंगेधारा, मातारानी टेडिङ प्रालि घट्टेकुलो र न्यु टीका डेरी सेन्टर मानभवनविरुद्ध अभियोग दर्ता गरेको छ। यसैगरी वीरगञ्ज कार्यालयबाट एपोलो फिड्स चितवन र जगदम्बा इन्टरप्राइजेज पर्साविरुद्ध अभियोग दर्ता गराएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी