×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा होम आइसोलेसनमा बसेका दुई जना संक्रमितको मृत्यु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

धनगढीमा होम आइसोलेसनमा बसेका दुई जना संक्रमितको मृत्यु

Artha Sarokar

५ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

धनगढी । धनगढीमा होम आइसोलेसनमा बसेका दुई जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टी भएपछि होम आइसोलेसनमा बसेका धनगढी उपमहानगरपालिका–२ का ६८ वर्षीय पुरुष र धनगढीकै ६० वर्षीय व्यापारीको मृत्यु भएको हो । 
सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी २ का ६८ वर्षीय पुरुषमा असोज २८ गते संक्रमण पुष्टी भएको बताए । उनको अवस्था गम्भीर भएपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । अर्का ६० वर्षीय व्यापारीको भारतको लखनउमा मृत्यु भएको हो । अवस्था गम्भीर भएपछि उपचारका लागि लखनउ लगिएका उनको सोमबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी