×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल उद्योग वाणिज्य महासंघले तोक्यो निर्वाचनका लागि छुट्टाछुट्टै ३ ठाउँ, ती कुन-कुन हुन् ? (सूचीसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल उद्योग वाणिज्य महासंघले तोक्यो निर्वाचनका लागि छुट्टाछुट्टै ३ ठाउँ, ती कुन-कुन हुन् ? (सूचीसहित)

Artha Sarokar

५ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । एफएनसीसीआईको नयाँ कार्यतालिका अनुसार आगामी मङ्सिर ११ र १२ गते ५४औँ वार्षिक साधारणसभाको मिति तोकिएको हो । १२ गते भने निर्वाचन हुनेछ । 
महासंघले बुधवार सार्वजनिक गरेको तालिका अनुसार महासंघको कार्यालय टेकु, राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादी र कार्की व्याङकेट बबरमहलमा निर्वाचनका कार्यक्रम गरिने उल्लेख छ । उसो त महासंघको ५४औँ वार्षिक साधारणसभा चैतमै हुनुपर्ने थियो तर कोरोना भाइरसका कारण निर्वाचन हुन सकेको थिएन । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दैछन् । 
यता वरिष्ठ उपाध्यक्ष तथा अन्य पदहरुमा भने निर्वाचन हुन लागेको हो । कोरोनाको जोखिमलाई मध्येनजर गर्दै छुट्टाछुट्टै ठाउँमा निर्वाचनका कार्यक्रम तय गरिएको महासंघले जनाएको छ । महासंघको वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल प्यानलसहित चुनावी मैदानमा उत्रने भएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी