×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित कहाँ-कहाँका हुन् ?

LAXMI SUNRISE BANK

चितवनमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित कहाँ-कहाँका हुन् ?

५ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन
  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवनमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड अस्पतालमा मंगलबार गरिएको परीक्षणमा चितवनका ४६ जनासहित ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै, चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा जिल्लाका ५८ सहित ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका २३ जना, खैरहनी नगरपालिकाका १० जनामा, माडी नगरपालिकाका ६ जना, रत्ननगर नगरपालिकाका ५ जना, कालिका नगरपालिका र राप्ती नगरपालिकाका १/१ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरुको भरतपुर अस्पताल र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।
यस्तै, चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ४६ जना, रत्ननगर नगरपालिकाका ९ जना, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी २६ जना नवलपुर, तनहुँ, गोरखा, बारा, काठमाडौं र ललितपुरका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी