×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्चुरी बैंकले २२ लाख कित्ता ऋणपत्र जारी गर्दै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

LAXMI SUNRISE BANK

सेन्चुरी बैंकले २२ लाख कित्ता ऋणपत्र जारी गर्दै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

४ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । सेन्चुरी बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले उक्त ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँ दरमा २२ लाख कित्ता ऋणपत्र जारी गर्न बोर्डसंग अनुमति मागेको हो। 
बैंकले जारी गर्ने ऋणपत्रसमध्ये ८ लाख १६ हजार कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १३ लाख २० हजार इकाई संघसंस्थालाई बिक्री गरिनेछ ।  बैंकले १० वर्ष अवधिको सेन्चुरी बैंक डिबेन्चर २०८७’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक ९% ब्याजदर पाइनेछ ।
यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी