×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपभोक्ताले एकैदिन किने ५४० खसीबोका, खाद्य व्यवस्थाको कार्यालय भन्छ – ‘आज अपराह्नसम्म पुरै बिक्री हुन्छ’

LAXMI SUNRISE BANK

उपभोक्ताले एकैदिन किने ५४० खसीबोका, खाद्य व्यवस्थाको कार्यालय भन्छ – ‘आज अपराह्नसम्म पुरै बिक्री हुन्छ’

४ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एकैदिन ५४० खसीबोका बिक्री भएको जानेको छ । यस वर्ष बडादशैँमा एक हजार खसी तथा बोका बिक्री गर्ने तयारी रहेकामा एकै दिन (सोमबार) नै ५४० वटा बिक्री भइसकेको कम्पनीले जनाएको छ ।
सोमबार आएका ६०५ खसीबोकामध्ये बाँकी भएका ६५ र आज बिहान आएका एक सय गरी १६५ खसीबोका बिहान नै बिक्री भइसकेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिईन् । उनका अनुसार थप २९५ खसीबोका आउने क्रममा छन् । हेटौँडा र दाङबाट थप खसीबोका आज साँझसम्म आउने क्रममा रहेको कम्पनीले जनाएको छ । 
एकैदिनमा अनुमान गरेभन्दा धेरै खसीबोका बिक्री भएपछि आज अपराह्न खसीबोका बिक्री नहुने जनाइएको छ । कम्पनीले प्रतिकिलो १० छुट दिएर ५५० मा खसीबोका बिक्री गरेको छ । निजी क्षेत्रका खसी व्यवसायीले प्रतिकिलो ६ सय देखि ६५० सम्म बिक्री गरेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी