×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुरोध – ‘दशैँको समयमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किनू’

LAXMI SUNRISE BANK

जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुरोध – ‘दशैँको समयमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किनू’

४ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दसैँका बेला अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ । कोरोना भाइरसको हटस्पट बनेको काठमाडौंमा दसैँका बेला अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन  प्रसाशनले जिल्लाबासीहरुलाई आग्रह गरेको हो । 
प्रसाशनले सबैलाई सचेत हुन अनुरोध पनि गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जारी गरेको सूचनामा व्यक्तिगत तथा सामूहिक सचेतता अपनाइ जो जहाँ छौं त्यही ठाउँमा पर्व मनाउन आग्रह गरिएको छ । प्रशासनले घरबाहिर निस्कनै पर्नै भएमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ ।
चाडपर्वमा कोरोनाको महामारी नफैलियोस् भन्नको लागि काठमाडौं प्रशासनले गत भदौं ३१ गते जारी गरेको आदेशको पूर्ण पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ । प्रसासनले महामारी न्यूनीकरणको लागि भन्दै असोज २७ गतेदेखि अत्यावश्यकबाहेकका प्रशासनबाट हुने सबै सेवा स्थगित गरेको छ ।
 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी