काठमाडौँ । बैंकिङ क्षेत्रमा प्रवेश गर्न चाहानेहरुले अव परिक्षा दिएर लाइसेन्स लिनुपर्नेगरी व्यवस्था लागु हुने भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा उल्लेखित योजनाअनुसार अव बैंकको जागिर खानेहरुका लागि लाइसेन्स वितरण गर्नेगरी प्रक्रिया अगाडी बढेको हो । यद्यपी यो नियम तत्काल लागु हुने भने होइन । यसका लागि केहि समय अझै कुर्नुपर्नेछ ।
‘बैंकिङ प्रणालीको स्थायित्वका लागि सक्षम जनशक्तिको व्यवस्थापन र कार्यसम्पादन सुदृढ बनाउन आवश्यक भएकाले बैंकिङ क्षेत्रको समग्र जनशक्ति विकास र व्यवस्थापनका सम्बन्धमा अध्ययन गरिनेछ । नेसनल बैंकिङ इन्स्टिच्युटजस्ता संस्थासँगको सहकार्यमा बैंकिङ सेवामा प्रवेश गर्न प्रवेश परीक्षा र वृत्ति विकासका लागि सर्टिफिकेसन कोर्स पूरा गरेकालाई प्राथमिकता दिनेसम्बन्धी व्यवस्था गरिनेछ।’ राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीतिको यहि बुँदामा आधारित रहेर अहिले यो प्रक्रियाका बारेमा राष्ट्र बैंकमा छलफल भईरहेको राष्ट्र बैंकका अधिकारीहरुको भनाई छ ।
बैंकिङ क्षेत्रमा थुप्रै गलत प्रवृति र घोटालाका घटना बढेपछि यो पेशालाई पनि थप मर्यादित बनाउने उद्देश्यका साथ राष्ट्र बैंकले यस्तो तयारी गरेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा बदमासीका घटना बढेका छन् । यहि कारण पनि लाइसेन्सको अवधारणा ल्याइएको राष्ट्र बैंकका अधिकारीहरुको भनाई छ ।
फ्रेसरहरु पावर लगाएर जागिर खाने र त्यसरी नै जागिर खाएकाहरुले बैंकभित्र बदमासी गर्ने गरेको तथ्य एक एक गरी सार्वजनिक हुन थालेपछि लाइसेन्सको विषयलाई राष्ट्र बैंकले गम्भीर रुपमा लिएको छ । यो प्रक्रिया अगाडी बढेको खण्डमा नेसनल बैंकिङ इन्स्टिच्युटजस्ता संस्थासँगको सहकार्यमा परिक्षा संचालन हुनेछ भने राष्ट्र बैंकले नवप्रवेशीहरुलाई लाइसेन्स वितरण गर्नेछ । पूरानाको हकमा भने बैंकहरुमा नियुक्ति लिईसकेकाहरुलाई राष्ट्र बैंकले स्वत: लाइसेन्स दिनेगरी यससम्बन्धि व्यवस्थाको तयारी भईरहेको राष्ट्र बैंकका अधिकारीहरुको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्