Skip to content
LAXMI SUNRISE BANK

सुवास नेम्वाङलाई राजकीय सम्मान दिने सरकारको तयारी

अर्थ सरोकार

काठमाडौं । सरकारले संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई राजकीय सम्मान दिने तयारी गरेको छ । सोमबार राती आफ्नै निवासको शैचालयमा बेहोस भेटिएपछि अस्पताल लैजाँदैगर्दा बीचबाटोमै निधन भएको नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने तयारी गरेको हो ।

हाल उनको पार्थिव शरीर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

एमालेले उनको पार्थिव शरीरलाई बिहान ७ बजे नै पार्टी कार्यालय च्यासलमा ल्याउने तयारी गरेको थियो । तर, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद्को निर्णय पर्खिन आग्रह गरेपछि उनको पार्थिव शरीर अस्पतालमै रोकिएको छ ।

केहीबेरमा मन्त्रिपरिषद् बैठक बसेर नेम्वाङलाई राजकीय सम्मान दिने तयारी रहेको बुझिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK