×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार १३.५८ अंकले बढ्यो सेयर बजार, व्यापारबाहेक सबै उपसुचकमा हरियाली

LAXMI SUNRISE BANK

सोमबार १३.५८ अंकले बढ्यो सेयर बजार, व्यापारबाहेक सबै उपसुचकमा हरियाली

३ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ । आइतबारको तुलनामा बजार १३.५८ अंकले बढेर १५७०.३८ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८९ कम्पनीको ३३ लाख ५३ हजार २०१ कित्ता सेयर खरिद बिक्री हुँदा ९७ करोड ९० लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार अपि पावरको प्रोमोटर सेयरको भएको छ । यस कम्पनीको कुल ४ करोड २ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : अरुण काबेली हाइड्रोपावर र एनसीसिउ बैंक को कारोबार भएको छ ।
यता सोमबारको कारोबारमा व्यापार उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै जनरल इन्स्योरेन्स र युनियन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै गणपति माइक्रोफाइनान्स र एनसीसी बैंकको प्रोमोटर सेयरका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी