×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोकसेवा आयोगका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित ! (सूचनासहित)

LAXMI SUNRISE BANK

लोकसेवा आयोगका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित ! (सूचनासहित)

३ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । लोकसेवा आयोगको सबै परिक्षा स्थगित भएको छ । कात्तिक १६ गतेदेखि सञ्चालन हुने भनिएको  लोकसेवा आयोगको सबै परिक्षा स्थगित भएको हो । आयोगले सोमबार एक सूचना जारी गर्दै सबै लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो । 
सुचनामा परीक्षामा सहभागी हुने उम्मेदवारमा उत्पन्न भएको डर तथा आयोगका कर्मचारीहरुमासमेत कोरोना संक्रमित भई परिक्षासँग सम्बन्धित मूख्य शाखाहरुसमेत बन्द गर्नुपर्ने भएकाले र कर्मचारी आइसोलेसमा रहेकाले तत्काल परिक्षा सञ्चालन गर्न कठिनाई भएकाले निजामती सेवा, सुरक्षा निकाय र सङ्गठित संस्थातर्फका सबै परीक्षा स्थगित गरिएको बताइएको छ । 
यस्तै सुचनामा आयोगका सबै परिक्षाहरु कात्तिक ३ गतेको निर्णयबमोजिम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी