×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकले गर्यो ११ प्रतिशत लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

LAXMI SUNRISE BANK

सिटिजन्स बैंकले गर्यो ११ प्रतिशत लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

३ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने भएको  छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको ३४५ औं बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ७.७० प्रतिशत बोनस र कर सहित ३.३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।  
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीलाई प्रस्तावित लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।
बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न प्रारम्भिक सम्झौता गरी प्रकृया अघि बढाएकाे छ । सम्झौता अनुसार सिटिजन्स बैंकले तिनाउ मिसनलाई १००ः९६ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने भएको हाे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी