
- अर्थ सरोकार सम्बाददाता
जनकपुर । प्रहरीले जनकपुरबाट १६ लाख रुपैयाभन्दा बढी मूल्य बराबरको सुनसहित १ जनालाई पक्राउ गरेको छ । जनकपुरधाम ७ भमरपुरा चौकबाट उक्त मुक्य बराबरको सुनसहित १ जनालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा बा १० च ३५६८ नम्बरको मारुती भ्यानबाट १६ लाख २३ हजार ८ सय रुपैया मूल्य बराबरको २ सय ग्राम काँचो सुन बरामद गरेको हो ।
सशस्त्र सीमा सुरक्षा बल गण नम्बर ८ जनकपुर हेडक्वाटरबाट प्रहरी निरिक्षक शम्भु कटुवालको नेतृत्वमा खटिएको प्रहरी टोलीले १५ लाख मूल्य बराबरको गाडीसहित सो सुन बरामद गरिएको प्रहरी निरीक्षक शम्भु कटुवालले बताए ।
प्रहरीले सुनसहित गाडी धनी महोत्तरी जिल्ला बला नगरपालिका ७ निवासी ३४ वर्षीय रामचन्द्र दासलाईसमेत पक्राउ गरेको छ । पक्राउ परेका दास र ३१ लाख २३ हजार ८ सय रुपैया बराबरको गाडी र सुनसहित आवश्यक कारवाहीका लागि आइतवार भन्सार कार्यालयमा बुझाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्