- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आर्थिक क्षेत्रको नेपालको अग्रणी डिजिटल पत्रिका ‘अर्थ सरोकार डटकम’का समाचार समाग्रीहरु अव मेरो कुंडली एपमार्फतसमेत हेर्न, पढ्न र सुन्न सकिने भएको छ । सो एपमार्फत अव अर्थ सरोकार डटकमका समाचार तथा भिडियो कार्यक्रमहरु हेर्न सकिनेछ ।
दैनिक समाचार र ब्लगहरुसमेत पढ्न सकिने यो एपमा रेडियो र पोडकास्टसमेत सुन्न सक्नुहुन्छ । यो एप मार्फत रेडियो अर्थ सरोकारसमेत सुन्न सकिनेछ भने रेडियो कार्यक्रम अर्थ सरोकार पनि सुन्न सकिनेछ । हालका लागि मेरो कुण्डली वेब र एन्ड्रोइडमा उपलब्ध छ । मेरो कुण्डली एप Elite Infotech ले सार्वजनिक गरिएको हो ।