बैंक । त्यसमा पनि सरकारी बैंक, राष्ट्रिय बाणिज्य बैंक । यो बैंकसँग गरिने कारोबारसमेत असुरक्षित होला वा आफ्नो पैसा कसैले टप्काइदेला भन्ने कसले पो सोचेको हुन्छ होला र । राष्ट्रिय बाणिज्य बैंकमा कसैले दिएको किर्ते कागजका भरमा खाता खुल्छ वा बैंकको लापरवाहीले पैसा नै स्वाहा हुन्छ भन्ने कसले सोचेको थियो होला र । तर यस्तै भएको छ राष्ट्रिय बाणिज्य बैंकमा । राष्ट्रिय बाणिज्य बैंकले अपुग र पूराना कागजात राखेर खाता खोलिदिंदा एक ग्राहकको २५ लाख अपचलन भएको छ । आफ्ना पेटी ठेकेदारले आफ्नो कम्पनीको सबै पूराना डकुमेन्ट कतैबाट फेला पारी, बैंकमा खाता खोली, सो बैंक खातामा आफ्नै हस्ताक्षर चल्ने गरी कम्पनीको किर्ते कागज बनाई २५ लाख रुपैयाँ अपचलन गरेको प्रमाण अर्थ सरोकारले फेला पारेको छ । अपचलन गर्नेले एक त ग्राहकको हस्ताक्षरलाई किर्ते गरेका छन् भने अर्कोतर्फ अरुको डकुमेन्टको दुरुपयोग गरेका छन् । बैंकले अपडेटेड कागज नै नलिई पूराना कागजका भरमा खाता खोलिदिएको छ । अपचलन भएको रकम प्रोराइटरशिप फर्मको हो । फर्मको खाता खोल्दा पछिल्लो करचुक्तासमेत आवश्यक पर्छ । बैंकले सो डकुमेन्ट बिना, त्यो पनि किर्ते हस्ताक्षरसहितको पत्रका भरमा खाता खोलिदिएको छ । त्यस्तै, नविकरण नै नभएको इजाजत पत्र, घरेलु कार्यालयको नक्कली प्रमाणपत्र र खाता खोल्न चाहिने अख्तियारीमा पनि किर्ते भएको छ ।
कसरी गर्यो राष्ट्रिय बाणिज्य बैंकले लापरवाही अनि कसरी भयो बदमासी ?
रामणी निर्माण सेवाका प्रोप्राइटर जनार्दन बमले बझाङको केदारस्युँ गाउँपालिका झोतास्थित भैरव माध्यामिक विद्यालयको भवन निर्माणको काम लिएका थिए । करिब २५ लाख रुपैयाँको सो कामको सम्पूर्ण जिम्मा उनले पेटी ठेकेदार कृष्ण वडलाई दिएका थिए । निर्माणको काम सम्पन्न भइसकेपछि उनले पेटी ठेकेदार वडलाई नै अख्तियारी दिएर चेक कलेक्सनका लागि गत असार २२ गते विद्यालयमा पठाए । विद्यालयले पनि साउन ५ गते वडलाई रामणी निर्माण सेवाको नाममा चेक दियो । तर, विद्यालयले दिनुपर्ने भुक्तानी बमको खातामा जम्मा नै भएन । विद्यालयले भुक्तानी गरिसकेको बताउने, तर आफ्नो खातामा पैसा नआएको देखेपछि यस विषयमा थप अनुसन्धान गर्दा उनले आफ्ना पेटी ठेकेदारले राष्ट्रिय बाणिज्य बैंकमा आफ्नो फर्मको नाममा नक्कली खाता खोली आफ्नो रकम अपचलन गरेको पत्ता लगाएका थिए ।रामणी निर्माण सेवाको नाममा साउन ८ गते वाणिज्य बैंकको बझाङ शाखाबाट खाता खोलिएको देखिन्छ । जबकी उनी त्यसबेला धनगढीमा थिए । यता साउन ८ गते खोलिएको खातामा जम्मा भएको २५ लाख ३२ हजार ९ सय १० रुपैयाँ ९५ पैसा साउन ९ गते नै निकालिएको देखिएको छ ।
आफ्नो फर्मको कागजात किर्ते गरेर खाता खोली रकम चलाएको देखिएपछि बम प्रहरीमा पुगे । प्रहरीले पनि बमको निवेदनका आधारमा कृष्ण वडलाई पक्राउ गर्यो । पछि तीन पक्षकै छलफलका क्रममा बैंकले भदौ २२ गतेभित्र रकम जम्मा गर्ने गरी तमसुक बनाएर छोडेको बमले बताएका छन् । बैंक आफैंले मुद्धाको काम पछि गरौंला, अहिलेलाई रकम असुलीतर्फ लागौँ भनेर तमसुक बनाएर छोडेको पीडीतको दाबी छ। तर, उनले अझैसम्म पनि पैसा पाएका छैनन् ।’
यस विषयमा के भन्छ त बैंक ?
बैंकका बझाङ शाखाका शाखा प्रबन्धक शन्तराज जोशीले यो प्रकरणमा बैंकको गल्ती भएको स्वीकारेका छन् ।भीडभाडमा खाता खोल्न प्रयोग भएका सबै डकुमेन्ट हेर्न नसकिएको तर चाहिने सबै डकुमेन्ट आफुहरुले लिएको दाबी उनको छ । हेर्दा सबै डकुमेन्ट सक्कलीजस्तो देखिएपछि आफुहरुले खाता खोलेको उनको तर्क छ ।
ब्रान्च मेनेजर जोशीले खाता खोल्ने क्रममा बैंकको गल्ती गरेकोले कागज किर्ते गरेर खोलिएको खाताबाट झिकिएको रकम फिर्ता गर्न बैंक लागिपरेको बताएका छन् । यता खाता खोल्दा बैंकको गल्ती भए पनि मिलेमतो भने नभएको जोशीको दाबी छ । हेर्दा मिलेमतो भएजस्तो देखिएको भए पनि त्यसमा आफ्नो कुनै पनि मिलेमतो नभएको उनको दाबी छ । बैंकका स्टाफ सबै नयाँ भएकोले उनीहरुको पनि मिलेमतो नभएको हुनुपर्ने उनको तर्क छ ।
यो प्रकरणमा प्रहरी के भन्छ त ?
यता प्रहरी निरीक्षक दिपेश चौधरीले उक्त घटनामा प्रहरीमा कुनै पनि जाहेरी नपरेको बताएका छन् । सामान्य निवेदन परेकाले दुवै पक्षबीच बुझ्दा कागज किर्ते गरेर खोलेको खाताबाट हिनामिना भएको रकम फिर्ता गर्ने सहमति गरेको प्रहरी निरीक्षक चौधरीको भनी छ । यद्यपी उक्त घटनामा बैंकका ब्रान्च मेनेजर र कृष्ण वडको गल्ती देखिएको चौधरीको भनाई छ । आफूहरुकहाँ कुनै पनि जाहेरी नपरेकाले मुद्धाका रुपमा अघि बढाउन नसक्ने भन्दै चौधरीले पीडीतले जाहेरी दिएको खण्डमा मुद्धा अघि बढ्नेसमेत बताएका छन् ।
हुन त राष्ट्रिय बाणिज्य बैंकमा यस्ता घोटाला, अनियमितता थुप्रै हुने गरेका छन् । सक्कली सुन राखेको, पछि सुन नै नक्कली भएको जस्ता घटनाहरु पनि यो बैंकमा हुने गरेका छन् । राष्ट्रिय बाणिज्य बैंकमा नक्कली नोट भेटिएका घटनाहरु पनि थुप्रै छन् । कर्मचारीको मिलेमतोमा करोडौंको घोटाला भएको तथ्य पनि यस अघि राष्ट्रिय बाणिज्य बैंकमा घटिसकेका घटना हुन् । तर यतिधेरै घटना सार्वजनिक हुँदा पनि बैंकले आफ्नो सुरक्षानीति सुधार्ने काम गरिरहेको छैन । यस विषयमा सम्बन्धित निकाय नेपाल राष्ट्र बैंक गम्भीर हुन जरुरी छ । राष्ट्रिय बाणिज्य बैंकले पनि आफु जनताको डिपोजिट चलाईरहेको छ भन्ने तथ्य एक पटक चीसो दिमागले सोच्न जरुरी भईसकेको छ । बाँकी त बैंक र नियामककै मर्जी । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्