×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब सार्वजनिक गाडीमा चढ्दा पनि फेस सिल्ड अनिवार्य, गाडिले दिन्छ कि, आफैँ किन्नुपर्छ ?

LAXMI SUNRISE BANK

अब सार्वजनिक गाडीमा चढ्दा पनि फेस सिल्ड अनिवार्य, गाडिले दिन्छ कि, आफैँ किन्नुपर्छ ?

२ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । अब सार्वजनिक सवारीसाधन प्रयोग गर्ने मानिसहरुले पनि फेस सिल्ड भाइजर अनिवार्य लगाउनु पर्ने भएको छ । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएसंगै सार्वजनिक सवारीसाधन प्रयोग गर्ने मानिसहरुले पनि फेस सिल्ड भाइजर अनिवार्य लगाउनु पर्ने भएको हो ।
यातयात व्यवस्था विभागले आज एक सुचना जारी गर्दै बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैंले खरिद गरी प्रयोग गर्नुपर्ने जनाएको छ । सरकारले गएको गत असोज २६ गते सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय गरेको थियो । त्यसपश्चात बसमा यात्रुहरु सबै सिटमा बसेर यात्रा गर्न थालेका छन ।
सबै सिटमा यात्रु बस्न थालेसंगै भौतिक दूरी कायम हुन नसक्ने भएकाले फेस सिल्ड अनिवार्य गरिएको विभागको भनाई छ । साथै विभागले सबै सिटमा यात्रु बोक्न पाइने नियम भएकाले बढी भाडा नर्तिन यात्रुलाई आग्रह गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी