Skip to content
LAXMI SUNRISE BANK

बुटवलको कोरोना अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु, ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
तिलोत्तमा । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । असोज २५ गते स्वास्थ्यमा समस्या भई लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर जाँच गराएका बुटवल–३ गोलपार्कका ५५ वर्षीय पुरुष कोरोना देखिएपछि होम आइसोलेसनमा बसेका थिए । 
त्यही क्रममा स्वास्थ्यस्थिति थप जटिल बनेपछि उनलाई २७ गते कोरोना अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतबार बिहान ११ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै उक्त अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK